Section 15
दण्ड सजाय
(१) दफा १० बमोजिम दर्ता नगराई पर्यटक स्तरको हो भनी कुनै होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बार सञ्चालन गरेमा वा दफा १४ को उपदफा (१) उल्लंघन गरी कुनै शब्द वा चिन्ह प्रयोग गरेमा वा पर्यटकसंग सम्पर्क राखेमा पहिलो पटक भएदश हजार रूपैयाँ
सम्म, दोश्रो पटक भए दश हजार रूपैयाँदेखि तीस हजार रूपैयाँसम्म र तेश्रो पटकदेखि प्रत्येक दोश्रो संशोधनद्वारा संशोधित पटकको
तीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म नेपाल सरकारले जरिवाना गर्न सक्नेछ।
(२) दफा १४ को उपदफा (२) उल्लंघन गरी कुनै शब्द वा चिन्ह प्रयोग गरेमा नेपाल सरकारलेत्यस्तो होटलको दर्ता निलम्बन वा खारेज गर्न सक्नेछ ।
(३) दफा १२ बमोजिम नेपाल सरकारबाट खटिएका कर्मचारीलाई होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार निरीक्षण गर्न वा त्यसमा प्रयोग गरिने खाने पिउने सामानहरूको परीक्षण गर्नकसैले बाधा विरोध गरेमा त्यस्तो व्यक्तिलाई नेपाल सरकारले दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
(४) उपदफा (१), (२) वा (३) बमोजिम नेपाल सरकारलेदिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले उच्चअदालतसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ ।